पदाधिकारी

श्री छिरिङ ल्हामो गुरूङ graphic

श्री छिरिङ ल्हामो गुरूङ

प्रमुख

पढ्नुहोस..

श्री राजेन्द्र शेरचन graphic

श्री राजेन्द्र शेरचन

उप-प्रमुख

पढ्नुहोस..

जिल्ला समन्वय अधिकारी श्री बन्धु प्रसाद बास्तोला graphic

जिल्ला समन्वय अधिकारी श्री बन्धु प्रसाद बास्तोला

पढ्नुहोस..

संक्षिप्त परिचय

मुस्ताङ जिल्ला नेपालको प्रदेश नम्बर ४ अन्तर्गत पर्ने हिमाली जिल्ला हो । धौलागिरी हिमाल (८१६७) र निलगिरी हिमाल (७०६०) रपार गरेर आउनु पर्ने भएकाले यस जिल्लालाई हिमालपारीको जिल्लाको नामले चिनिन्छ । मुस्ताङ जिल्लामा रहेको प्चिग गुफाहरू र वस्तिडरूको पुरातात्विक अन्वेषणले यस जिल्लाको ईतिहास करिव ३००० वर्ष भएको पष्टि हुन्छ । बिश्व मानचित्रमा मुस्ताङ जिल्लाको अवस्थिति २८ डिग्री ३३ मिनेट ५१ सेकेण्ड देखि २९ डिग्री १९ मिनेट ५२ सेकेण्ड उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट ५४ सेकेण्ड देखि ८४ डिग्री १४ मिनेट ५८सेकेण्ड पूर्वी देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला पर्गे यस जिल्लाको कुल क्षेत्रफल ३५६.२१ वर्ग कि.मी. रहेको छ । जुन नेपालको कुल क्षेत्रफलको २.४२ प्रतिशत हो । जिल्लको सदरमुकाम जोमसोम समुन्द्री सतहदेखि २,७१० मीटर उचाइमा रहेको छ । समुन्द्र सतहदेखि २०१० मी. (घाँसा) देखि ८१६७ मी.(धौलागिरी) उचाईमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुख्खा ठण्डा रहेको छ । जिल्लाको तल्लो भागमा तुलनात्मक रूपमा बढि बर्षा भएतापनि माथिल्लो भागमा अत्यन्त कम बर्षा हुन्छ । औषत बार्षिक बर्षा तल्लो भागमा २००मी.मी. र माथिल्लो भागमा हिमपात हुन्छ । गर्मी महिनाको अधिकतम तापक्रम २६ डिग्री से. र हिउद महिनामा न्युनतम -९ डिग्री से. सम्म झर्दछ । हावापानी अुसार हिमालको नजिक कोणधारी वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ । यस जिल्लाको वन क्षेत्र कुल क्षेत्रफलको ३.२४ प्रतिशत अर्थात १२,३२४ हिक्टर रहेको छ । जैविक विविधताले धनी यस जिल्लामा करिव १,२२६ प्रजातिका वनस्पति रहेको अनुमान छ । करिव ४७४ जातिको चरारुरुङ्गी रहनुको साथै जीव जन्तुमा हिमचितुवा, कस्तुरी मृग, जंगली घोडा आदि पाइन्छन् ।नयाँ संरचना अनुसार ५ गाउँपालिकाहरू: १, घरपझोङ (केन्द्र जोमसोम), २,थासाङ (केन्द्र कोवाङ),३, दालोमे (केन्द्र चराङ), ४,लोमन्थाङ (केन्द्र लोमन्थाङ) र ५,वाह्रगाउँ मुक्तिक्षेत्र (केन्द्र कागवेनी) हुन । एउटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०६८ को जनगणना अनुसार कूल जनसंख्या १३,४५२ रहेको छ ।
थप पढ्नुहोस्

Online_Chat (प्रत्यक्ष कुराकानी)

तपाईलाई जिल्ला विकास समितिको कार्यालय मुस्ताङ र अन्तरगत कुनै पनि जिज्ञासा भएमा अनलाइन मार्फत सोध्न र परामर्श लिन सक्नु हुनेछ । हाम्रो अपरेटर १०-५ अनलाइनमा हुनेछन् ।

Skip to toolbar